लोक दोहोरीले गर्यो जनप्रतिनिधीलाई सम्मान

0
Shares

अनिल खत्री, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । प्रतिष्ठान जिल्ला शाखा गुल्मीले सदरमुकाम तम्घास शनिवार एक भव्य समारोहका बिच जिल्लाबाट निर्वाचित जनप्रतिधि रक्तदातालाई सम्मान गरेको हो । प्रतिष्ठान शाखा गुल्मीले आफनोे साधारण सभाको अबसरमा सम्मान कार्यक्रम राखिएका प्रतिष्ठान गुल्मी शाखाले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधी सम्मान कार्यक्रममा प्रतिष्ठान संग आबद्ध आजीवन सदस्यहरु तथा संस्थामा रहेर निर्वाचित भएकाहरुलाई मात्र सम्मान गरेको थिए । जिल्लाका बिभिन्न स्थानिय तहबाट निर्वाचित १५ जना जनप्रतिनिधीलाई सम्मान गरेका छन् ।

 

प्रतिष्ठान गुल्मीले गत वर्षको भदौंमा आयोजित रक्तदान कार्यक्रमा सहभागीहरुलाई सम्मान गरेको प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले जानकारी दिए । रक्तदान कार्यक्रममा सहभागित बिभिन्न ७७ जना ब्यक्तिलाई सम्मान गरेका छन् । सम्मान कार्यक्रममा प्रतिष्ठानका प्रदेस नम्बर ५ का संयोजक लक्ष्मण खड्का र बिशेष अतिथीहरु जिल्ला न्यायदिस मतृका मरासिनी, प्रतिष्ठानका अञ्चल अध्यक्ष डिल्लीनारायण पाण्डेय लगायतले सम्मान पत्रद्धारा अभिन्द्न गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानको अधिवेशनमा सहयोग गरेको पत्रकार घनश्याम गौतम सम्मान गरिएको थियो । सोहि अबसरमा गुल्मीबाट सरुवा भएका शसस्त्र प्रहरी वल गुल्मका प्रहरी नायव उपरिक्षक दिगबिजय सुबेदीलाई बिधाई गरिएको थियो ।

रक्तदान जिवन दान भन्ने नारा सहित गएको भदौमा प्रतिष्ठान गुल्मीले जिल्ला वासीलाई रगतको अभाव खडकिन नदिन बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जिल्लाबाट बिभिन्न अस्पतालमा बिरामी परेको बखत रगतको अभावमा जिवन मरणको दोसाधमा पर्ने बिभिन्न ब्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले बिभिन्न ब्यक्तिहरुबाट बलड संकलन गरिएको थियो ।

साधारण सभाको अबसरमा नयाँ थपिएका आजिवन सदस्यहरुलाई समेत सम्मान गरेको थियो । साधारण अबसर पारेर राष्ट्रिय स्तरका कलाकारहरु सहित बृहत साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा लक्ष्मण खड्का, डिल्लनारायण पाण्डेय, खुम खत्री, शिलु भट्टाई, नारायण बिपी परियार, तुलसिंह रनपछाई, महेन्द्र भण्डारी, गणेश अधिकारी, अर्जुन कुवँर, हास्यक कलाकार टिकाराम पोखरेल, भुवन भुसाल लगायतले सांगितिक प्रस्तुति राखेका थिए । साधारण सभाको अबसरमा संस्थाको वार्षिक सांगठनिक, आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी गैरसरकारी कार्यालयका प्रमुख पत्रकारहरुको सहभागिता रहेको थियो ।