रौतहटमा बाढीको बीचमा दुईसय भन्दा बढी फसे, तत्काल उद्दार नभए खतरा

0
Shares

नेपाल समाचारपत्र, रौतहट । रौतहटमा दुइ सय बढी स्थानिय बाढीको बीचमा फसेका छन । बाढी आईरहेको समयमा साना घरहरु डुवानमा परेपछि गाउँको ठूलो घरमा गएर बसेका दुई सय जना भन्दा बढी घरमै फसेका छन । रौतहटको दवाही ८ मा रहेको अग्लो घरमा बसेकाहरु अहीले अत्तालिन थालेका छन । हेलिकप्टर नगई उद्दार हुन नसक्ने अबस्था रहेको त्यहाँबाट समाचारपत्र कर्मीले जानकारी दिएका छन ।