पहिरोले पुरिँदा महिलाको मृत्यु

0
Shares

हेटौंडा, (नेस) । मकवानपुरको भीमफेदीगाउँपालिका–८, इपाको पाखाटोलमाशनिबार विहानकरिब ६ बजे घर भत्कँदा एक महिलाको मृत्युु भएको छ । अर्की एक महिला घाइते भएकी छन् ।

वर्षाकाकारण घरमाथिको ढिस्कोबाट गएको पहिरोले घर भत्कँदा कृष्णबहादुर दानीकी ५५ वर्षीया पत्नी मिठु दानीपुरिएकीथिइन् । शनिबार विहानपुरिएकीउनको समयमा उद्धार हुननसक्दा घटनास्थलमा मृत्यु भएको हो ।
उनको शवनिकालिएको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर भत्किएर पुरिएकी छिमेकी १९ वर्षीया सरु खड्काको उद्धार गरी स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

दुईदिनदेखि परेको वर्षाकाकारण पाखाटोलमापहिरो गएको हो । घरसँगै सबै सामानपुरिएपछि दानीको परिवारलाई झन समस्याथपिएको छ ।

खेती योग्य जमिन बगायो
यसै बीच मकवानपुरको गढी गाउँपालिका–५ र ६ मा सामरी खोलाले खेतीयोग्यजमिन कटान सुरु गरेको छ । हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले सुकौरामाअब्यवस्थितरुपले खानी सञ्चालनगर्दा सामरी खोलाले धार परिवर्तन गरेकाले आमभञ्ज्याङको डुम्रेकुना, धमिले, झल्ला, धादिङ, भालुखोलालगायत स्थानमा खेतीयोग्यजमिन कटान गर्न थालेको हो ।

सामरी खोलाको बाढी डुम्रेकुना र धमिलेमाभने पसिसकेको गढी गाउँपालिकाअध्यक्षविदुर हुमागार्इंले बताए । खोलालाई बस्तीभित्र पस्न नदिनएक्साभेटरले ड्यामलगाउने कामभइरहेको उनले बताए । शिवम् सिमेन्ट उद्योगले जथाभावीओभरबटम फाल्दा यस्तो समस्या परेको स्थानीयले बताए ।

हेटौंडा–काठमाडौं यातायात अवरुद्ध

यता हेटौंडाबाट काठमाडौं सवारी चल्दै आएका २ मुख्य सडक अवरुद्ध भएका छन् ।हेटौंडा–कुलेखानी सडकखण्डअन्तर्गत् सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत् फाखेल सडकखण्डको सुकौरामाशुक्रबार राति परेको वर्षाले पहिरो जाँदा हेटौंडा–काठमाडौं यातायात अवरुद्ध भएको हो ।

कुलेखानी–काठमाडौं र फाखेल–काठमाडौं सडकखण्ड अवरुद्ध भएकाले शनिबार विहानदेखि भैंसेस्थितत्रिभुवन राजपथबाट काठमाडौंतर्फकायातायात सञ्चालनमाल्याइएको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाबाट गएकायातायातसाधन चिसापानीगढीबाट फर्काएर भीमफेदीहुँदै भैंसेतर्फ लगिएको नारायणी यातायातव्यवसायी संघ अध्यक्षबद्रीप्रसादचौलागाईंले जानकारी दिए ।

बीरगञ्ज, जनकपुर, चन्द्रपुर र हेटौंडा गरी दैनिककरिब ७ सय ५० सुमो र जिप हेटौंडा–कुलेखानीहुँदै काठमाडौं दैनिकआवतजावतगर्छन् ।

मनसुन सक्रियभएसँगै शुक्रबार विहानदेखि यहाँको मौसम बदलीभएर भारी वर्षा भएको छ । झण्डै एक महिनादेखिकमजोर रहेको मनसुनबिहीबारदेखि बढी सक्रियभएकाले वर्षा भइरहेको छ ।

हेटौंडा केन्द्रकाअनुसार बितेको २४ घण्टामा हेटांैडामा १ सय २६.६ मिलिमिटर वर्षा भएको छ । मकवानपुरको चिसापानीगढी केन्द्रकाअनुसार यस क्षेत्रमा ९९.५ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ । मनसुनीन्यूनचापीय रेखाहाल पहाडी क्षेत्रनजिक रहेको र न्यूनचापीय प्रणाली मध्यतथाआसपास भागहरुमाविद्यमान देखिन्छ । जसले गर्दा हालमनसुन सक्रिय छ ।

आजपनि मनसुनी वर्षा देशभर सक्रिय रहने र अझभारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ ।