बिम्स्टेक मन्त्रीस्तरीय बैठक आजबाट



नेपाल समाचारपत्र, काठमाडौ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) को १५ औं मन्त्रीस्तरीय बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ ।उक्त बैठकको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रीस्तरीय बैठकको एजेन्डा तय गर्नका लागि वैदेशिक मामिला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८ औं बैठक (एसओएम) बसिरहेको छ ।

बैठकले बिम्स्टेकको १४ औं बैठकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तन लगायतका १४ फरक विषयमा छलफल गरी एजेन्डा तयार पार्ने छ ।

जारी बैठकमा भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यानमार र श्रीलंकाका वैदेशिक मामिला हेर्ने उच्च अधिकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्