जथाभाबी सडक खन्दा पहिरोको जोखीम

0
Shares

विमल विष्ट,डोटी ।
डोटी लगायत यहाँका पहाडी जिल्लाहरुमा जथाभाबी सडक काटिदा पहिरोको जोखीम बढेको छ । गाउमा सडक पु¥याउने होडबाजीले सम्भाब्यता अध्यन तथा सर्वेक्षण विनानै खनिएका सडकले यहाँका पहाडी जिल्लाहरुमा पहिरोको जोखीम निमत्याउन थालेको छ ।

यस्ता सडकका आस पासका बस्तिहरुमा पहिरोको जोखिम बढेको स्थानियबासीहरु बताउछन् ।
लाखौ रकम खर्चगरेर निर्माण गरेका यहाँका ग्रामिण सडकहरु बर्षादको समय पानीले चिराचिरा हुनुका साथै आसपासका बस्तिहरु समेत बिस्थापितको खतरमा परेको डाक्टर केआईसिंह गाउपालिका ५ केदारगाउका स्थानिय तथा सव–ओभरसियर शुरेन्द्र बिक्रम शाहीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘जथाभाबी डोजर प्रयोग गरेर विना अध्यन र मापदण्डका सडक खनिएका छन्,सडक खन्दा डोजरले जमिननै हल्लाएको छ,सानो पानी पर्दा समेत पहिरो आउने तथा सडकहरु बगायर चिरचिरा हुने गरेका छन् ।’

स्थानियबासीका अनुसार डोटी लगायत यहाँका पहाडी जिल्लाहरुमा निर्माण भएका कयौ ग्रामिण सडकहरु डोजर अप्रेटरको डिजाईन र नक्सांङकले निर्माण हुन थालेका छन् । |

सडक निर्माणमा चलेको होडबाजीले यहाँका गाउ गाउमा गाडी सुबिधा पुगे पनि थुप्रै ठाउमा पहिरोको जोखीम बढेको एमाले नेता यज्ञराज जोशीले बताउनु भयो । ‘सडक खन्ने होडबाजीले गाउमा यातायातको सुबिधा त पुग्यो तर सुबिधा संगै काल र जोखिम पनि बढाएको बताउतै एमाले नेता जोशीले भन्नु भयो ,सडक निर्माण गर्दा मापदण्ड अपनाउनै पर्छ,बिना मापदण्डका सडक खारेज हुनु पर्छ ।’ बिगतमा जिल्ला बिकास समिति तथा गाउबिकास समितिको बजेटले डोटीमा निर्माण गरीएका सडकहरुको सर्वेक्षण जिल्ला बिकासका प्राबिधकहरुले आफु बाहेक अन्य कार्यालयका प्राबिधिकलाई गर्न नदिदा समस्या भएको स्थानियको आरोप छ ।

स्थानियबासीका अनुसार ग्रामिण सडक निर्माण गरिएका डोटीका कपल्लेकी, लडागडा, दुर्गामाण्डौ, रानागाउ, जिजोडामाण्डौ ,तिखातर ,जोरायल लगायतका क्षेत्रमा रहेका बस्तिहरु पहिरोको उच्च जोखिममा रहेका छन् । यि क्षेत्रका सडकहरु बस्ति माथी तथा तल बाट खनिएकाले पहिरोकोे उच्च जोखिम बढेको स्थानियको आरोप छ ।

प्राबिधिक र वातावरणिय प्रभाब मुल्यांकन नगरिकनै खनिएका सडकले यहाँका गाउमा बिकास संगै बिनास निम्त्याएको जोरायल गाउपालिका ३ का स्थानिय हेम प्रकाश मल्लले बताउनु भयो । उहाँले भन्नु भयो ‘जसरी पनि सडक पु¥याउनु पर्छ भन्ने होडबाजीले काटिने सडक अब बन्द गरिनु पर्छ ।’