१३ सय १० मुद्दामा ७ सय २० फैसला

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७३÷२०७४ मा लक्ष्यको ७६.५९ प्रतिशत फैसला गरेको छ । तर अदालतमा भएका १३ सय १० मुद्दा मध्ये ७ सय २० मात्रै फैसला गरेकाले ५४.९६ प्रतिशत फैसला भएको छ ।

अदालतले मुद्दाको संख्यालाई आधार मान्दै गत आर्थिक वर्षमा ९ सय ४० थान मुद्दा दर्ता हुने अनुमान गरेको छ । सोहि अनुसारको लक्ष्यमा भने अदालत ७६ प्रतिशतमा पुगेको हो । स्थानीय तहको निर्वाचन तथा जिल्ला न्यायाधीशको सरुवाका कारण पनि चाहे जति सफलता प्राप्त हुन नसकेको अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

तत्कालिन जिल्ला न्यायाधीश लेखनाथ ढकालले १ सय ३० थान, हालका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालले ३ सय २३ थान र न्यायाधीश अवनी मैनाली भट्टराईले २ सय ६७ थान मुद्दा फैसला गरेका छन् ।

गत आर्थिक वर्षमा नयाँ मुद्दा ९ सय ६३ थान दर्ता भए भने अघिल्लो आर्थिक वर्षबाट ३ सय ४७ थान जिम्मेवारी सरी आएका थिए । चालु आर्थिक वर्षका लागि ५ सय ९० थान मुद्दा जिम्मेवारी सरी आएका छन् ।

फैसला भएका मध्ये ३ सय ३ देवानी, २ सय २५ फौजदारी, सरकारबादी फौजदारी १ सय ७८, रिट निशेधाज्ञा ८, बन्दी प्रत्यक्षीकरण ४ र निवेदन प्रतिवेदन १ रहेका छन् ।

पुनरावेदन देवानी एउटा फैसला भएको छ । नयाँ न्यायाधीश श्यामसुुन्दर अधिकारीले भने गत आर्थिक वर्षमा मुद्दा हेरेनन् । त्यस्तै जिल्ला अदालत काभ्रेपलाञ्चोकले मुद्दा फछ्र्याैटको ६ सय ९० प्रतिशत धेरै कैद असुल गरेको छ ।

१२ सय ९९ वर्ष ३ महिना २७ दिन कैद असुल गर्न बाँकी छ । गरेको छ । ७८ वर्ष ६ महिना २ दिन लक्ष्य राखेको अदालतको तहसिल शाखाले ५४१ वर्ष ९ महिना दिन दिन असुल गरेको हो । १८ सय भन्दा धेरै लगतलाई तहसिल शाखाले मिसिलसँग भिडाई सफ्टवेयरमा प्रविष्ट गरिरहेको छ ।

अदालतले कैद र जरिवना बापतको ७३ करोड २९ लाख ३७ हजार ८ सय २९ रुपैया मध्ये ३ करोड ७ हजार ३ सय रुपैया असुलीको लक्ष्य राखेको थियो । ६ करोड ३६ लाख ९ हजार ३ सय ४७ रुपैया असुल गरी लक्ष्य भन्दा २११.९७ प्रतिशत धेरै असुल गरेको छ ।