कर्मचारी स्थानिय तहमा पुग्न ढिलासुस्ती, ‘गाउँमा सिंहदरबार’ कहिले अनुभूति गर्ने



दुर्गाप्रसाद शर्मा,पर्वत ।
पहिलो चरणमा निर्वाचन भएका स्थानीय तहमा निर्वा्चित प्रतिनिधिले काम थालिसके । गाउँ तथा नगरसभा र समबन्य समितीको निर्बाचन समेत भइसक्यो ।

सिंहदरबारको अधिकार नागरिकको घर आँगनमै पुग्यो तर स्थानीय तहमा कर्मचारी अझै पुगेका छैनन् । जसका कारण नियमित काम प्रभावित भएको छ ।

२ नगरसहित ७ स्थानीय तह रहेको पर्बतमा अहिलेसम्म २ नगरपालिका र ५ गाउँपालिकामा ४२ कर्मचारी खटाइएको स्थानिय बिकास अधिकारी बिष्णुप्रसाद भुषालले बताउनुभयो । सदरमुकामबाट खटाइए पनि उनीहरु गाउँपालिकाका हाजिर हुन आनाकानी गरिरहेका छन् ।

महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले कर्मचारी अभावले नियमित काममा समस्या आएको बताउनुभयो ।

उनका अनुसार महाशिला गाउँपालिकाका सबै वडाहरुमा सचिब पुगे पनि कार्यलयमा कर्मचारी नपुग्दा काममा असहज भएको छ । यता बिहादी गाउँपालिकामा पनि समूया उस्तै रहेको छ । गाउँपालिका कार्यालयमा समेत कर्मचारी पूरा छैनन् ।

कार्यकारी अधिकृत र लेखापालको भरमा अहिले कार्यलयबाट काम सम्पादन भईरहेको बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले बताउनुभयो । उहाले आफूहरुलाई सुविधा नचाहिएको तर जनताको काम गर्न तत्काल कर्मचारी खटाइदिन आग्रह गर्नुभयो ।

त्यस्तै अन्य गाउँपालिका तथा नगर पालिकामा पनि प्राबिधिक, बन र कृषि कार्यलयका केहि कर्मचारीहरु पुगे पनि अन्य कर्मचारी भने पुग्न नसकेको गाउँपालिकाका अध्यक्षहरुले बताएका छन् ।

सरकारले गत फागुन ९ गते मन्त्रिपरिषद्बाट पारित गरेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश, २०७३ बमोजिम यो समितिको संयोजक सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ ।

पर्बतका सिडिओ राजेश पन्थीले कर्मचारी खटाउने कार्य भइरहेको र अपुग रहेको ठाउँमा पठाउने काम जारी रहेको बताउनुभयो । जनताका कार्य सम्पादनमा समस्या आउन नदिन आफू चनाखो भएर कर्मचारी व्यवस्थापनमा लागेको समेत उहाको भनाइ थियो ।
यता स्थानिय बिकास अधिकारी बिष्णु प्रसाद भुषालले जिल्लामा रहेको २ नगरपालिका सहित ५ वटै गाउँपालिकामा बडा सचिब खटाईसकिएको र अन्य कर्मचारहिरु पनि खटाउने काम जारी रहेको बताउनुभयो । भुषालले जिल्ला प्राबिधिक कार्यलयको निजामति र अधिकृत स्तरका कर्मचारी बाहेक सबै कर्मचारी नगर र गाउँपालिकामा खटाईएको बताउनुभयो ।

उहाका अनुसार जिल्ला प्राविधिक कार्यालयबाट १० जना जिल्ला स्वास्थ्य कार्यालयबाट १४ जना त्यस्तै प्रशासनिक कार्यको लागि कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा ४ जना नासु र ६ जना खरिदार गरि १० कर्मचारी स्थानीय तहमा पठाईएको छ ।
उहाले जिल्लाबाट खटिएका कर्मचारी नयाँ आर्थिक वर्ष भएका कारण सम्बन्धित तहमा नपुगेको हुनसक्ने बताउनुभयो । जिल्लाबाट ४२ कर्मचारी खटाईसकिएको र ती कर्मचारी गाउँ पुगेपछि केही समस्या हल हुने उहाको धारणा छ ।

ती कर्मचारीलाई वडा सचिवदेखि जुनसुकै काममा समेत खटाउन हाललाई सबै स्थानीय तहलाई अधिकार दिइएको उहाले बताउनुभयो । स्थानीय तहमा कार्यरत कर्मचारी अन्यौलमै रहेका बेला भुषालले जिल्ला समन्वय समितिमा कार्यरत अस्थायी कर्मचारीको बारेमा मन्त्रालयले प्रष्ट नपारेका कारण माथिबाट जस्तो निर्देशन आउँछ, त्यही अनुसार कार्य सम्पादन गर्ने उहाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्