किशोरीको कट्टुमा लागुऔषध, ३ जना पक्राउ

14
Shares

हेटौंडा,(नेस) ।

प्रहरी चौकी बसपार्क, हेटौंडाबाट खटिएको प्रहरीले बसपार्कमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्था लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडांै महानगरपालिका वडा नं. ४ बस्ने वर्ष १९ का ब्रजेश श्रेष्ठ, इलामको माइजोगमाई गापा–३ बस्ने वर्ष १८ की स्वस्तिका श्रेष्ठ र नुवाकोट ककनी–६ बस्ने वर्ष २१ का सुरेन्द्र लामा पक्राउ परेका हुन् ।

शंका लागि नियन्त्रणमा लिएर उनीहरुको शरीर खानतलासी गर्दा स्वस्तिकाले लगाएको कालो हाफ जिन्स कट्टुको पेटीमा लुकाइ राखेको लागुऔषध नाइट्रोभेट ३० ट्याब्लेटसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई शनिबार दिउँसो करिब ३ बजे पक्राउ गरिएको हो ।