अनाथ बालबालिकालाई निशुल्क शिक्षा

0
Shares

सिर्जना पन्त,बागलुङ ।
सर्पको टोकाईबाट आमाको मृत्यु भएपछि अनाथ जस्तै बनेका बागलुङका दुई बालबालिकालाई मालिका सेवा समाज बागलुङको सक्रियतामा निशुल्क शिक्षा प्रद्धान गरिने व्यवस्था मिलाईएको छ ।

बागलुङ नगरपालिका–५ मालिकाका ५ वर्षीया सिमा शर्मा र ४ वर्षीय संजोग शमालाई समाजको शक्रियतामा सामाजिक संजाल फेसबुक मार्फत आर्थिक अभियान सञ्चालन गरी ‘दिर्घकालिन शैक्षिक अक्षय कोष’ को स्थापना गरेर नर्सरी देखि १० कक्षा सम्म निशुल्क पढाउने व्यवस्था मिलाईएको हो ।

समाजका अध्यक्ष दुर्गा कुँवरले आफ्नो व्यक्तिगत फेसबुक पेजबाट सहयोगको अपिल गरेर सुरु गरिएको अक्षयकोषमा हाल सम्म ८ लाखभन्दा बढी रहम जम्म भइसकेको छ ।

‘अक्षय कोषमा स्वदेश तथा विदेशमा रहेका सामाजिक व्यत्तित्वहरुबाट दैनिक सहयोग रकम प्राप्त भइरहेको छ कुँवरले भन्नुभयो सिमा र संजोग सुरुवात मात्र हुन हाम्रो अभियान शिक्षाको पहुँचबाट बाहिर रहेका अति विपन्न परिवारका साहारा बिहिन अन्य बालबालिकालाई पनि पढाउने हो’ ।

सिमा र संजोगलाई सदरमुकामको न्यू ओएसिस आवसिय विद्यालयमा भर्ना गरेर अध्यायन गर्ने व्यवस्था मिलाईएको मालिको छ । अति विपन्न परिवारका बालबालिकाकी आमा रिता शमाएको २०७४ साल असार १ गते सर्पको टोकाइवाट निधन भएको थियो । उनिहरुका बाबु गोन्दि शर्मा रोजगारीको शिल शिलामा खाडि मुलुक छन् ।

आर्थिक अभावको कारणले गुणस्तरीय शिक्षाबाट बञ्चीत बालबालीकालाई शिक्षाको पहुँचमा पु¥याउन अक्षय कोष निर्माण गर्ने उद्देश्यले केहि समय अगाडी सामाजीक सञ्जाल फेसबुक मार्फत ‘बालबालिका पढाऔं अभियान’ सुरु गरेर आर्थिक अभियान थालिएको थियो ।

बालबालिकालाई आवासीय सहित महिनाको २० हजारका दरले खर्च हुने अनुमान गरएको छ भने शैक्षिक सामाग्री तथा अन्य शेवा सुविधा विद्यालयलेनै प्रदान गर्ने बताईएको छ ।

मालिका सेवा समाजका अध्यक्ष दुर्गा कुंवर र न्यू ओएसिस आवसिय विद्यालयका प्रिन्सपल नेत्रलाल न्यौपानेले बालवालिकाको दश कक्षा सम्मको शिक्षा निशुल्क गराउने करार पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै बालबालीकाको उज्वल भविश्यको लागि समाज र विद्यालयले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।