अझै पनि झरीमा रुझ्दै पढ्न बाध्य छन रुकुमका बिद्यार्थी

0
Shares

धनवीर दाहाल,रुकुम ।

बर्षाको समयमा पनि खुल्ला आकाशमुनी बिद्यार्थी पढ्न बाध्य छन् भनको सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर रुकुम को सदरमुकाम नजिकै रहेको एक बिद्यालय भवन अभावमा यस्तो बर्षातमा पनि खुल्ला आकाशमुनी पढ्न बाध्य भएका छन् ।

रुकुमको मुसिकोट नगरपालिका २ महाकालि माध्यमिक विद्यालयका बालबालिकाहरु विद्यालय नजिकै रहेको रुखको फेदमा बसेर पढ्छन । भवनको अभावमा रुखको फेदमा बसेर पढ्न बाध्य भएका हुन् । असार लागे देखि विद्यालयले भवनको उचित व्यवस्था नभए सम्मका लागि खुला चौरमा पढनपाढन शुरु गरेको हो । १ देखि १० कक्षा सम्म पढाई हुदै आएको यस विद्यालयमा पाँच वटा कक्षा कोठामा मात्र अहिले प्रयोगमा ल्याएको छ ।

बाँकी सबै भुकम्प र विद्यालयको खेल मैदान निमार्ण गर्दा पार्खल भत्केर भवनमा क्षेती भएपछि प्रयोग बिहिन भएको विद्यालयमा व्यवस्थापन समितिकी अध्यक्ष सिता विकले बताउनुभयो । अहिले आधारभुत तहका सबै विद्यार्थीहरुलाई शान्ति मन्त्रालयको सहयोगमा क्रमागत निमार्णधिन भवनमा र रुखको फेदमा पढाई हुदै आएको छ ।

विद्यालयमा १४ वटा कक्षा कोठाको आवश्यक भएपनि अहिले ५ वटा मात्र प्रयोगमा आएको प्रअ लोक बहादुर खड्काले बताउनु भएको छ भने बाँकी कक्षा कोठा प्रयोग नगर्न शिक्षा कार्यालयका प्राविधिकले भने पनि विद्यालयमा कक्षा कोठाको समस्या भएको हो । धेरै समय सम्म पानी गरेपछि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रअ खड्काले बताउनुभयो ।

२०७२ सालमा आएको बिनाशनकारी भुकम्पले पनि विद्यालयमा क्षेति पुगेको छ । जिल्ला शिक्षा कार्यालयका पटक पटक भवनको लागि माग गर्दा आफुहरुको कुरा नसुनेको अभिभावक रमेश खड्काले बताउनु भएको छ ।

विद्यालयमा रकम राजनीतिक भागबण्डाका आधारभन्दा आवश्यकताका आधारमा दिनुपर्छ खड्काले भने तर आवश्यकता भन्दा यहाँ पहुँचका आधारमा शिक्षाले रकम दिने भएकाले पनि विद्यालयको पुहँच पुग्न नसकेकाले बताए ।

३ सय १५ जना अध्ययन गर्दै आएको यस विद्यालयमा कम्प्युटर, पुस्तकालय र ई लाइब्ररी समेत रहेको छ । विद्यालयमा ५ जना स्थायी र ७ जना शिक्षक निजी स्रोत बाट तलब खादै आएका छन ।