भरतपुर १९ को गणना सकियो, देवीलाई २२१ मतको अग्रता


नेपाल समाचारपत्र, भरतपुर ।

भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना सकिएको छ । १९ को गणना सकिँदा एमाले प्रमुखका उम्मेदवारको अग्रता कायम रहेको छ ।

पछिल्लो मत परिणाममा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ९४६ मतका साथ अग्रता यथावत राखेका छन् भने उनलाई नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले ४१ हजार ७ सय २५ मतका साथ पछ्याइरहेकी छन् । अब देवी र रेणुबीचको मतान्तर २२१ छ ।

 

सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाले छ हजार ६२८ मत पाएका छन् ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४५ हजार ६२३, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले ७ हजार ६ मत पाएकी छन् ।

भरतपुर–१९ मा हिजो मात्रै पुनः मतदान भएको थियो । अब भरतपुर–२० वडाको मात्रै मत गणना हुन बाँकी रहेको छ ।