बसमा चोरी गर्ने पक्राउ

0
Shares

काठमाडौ (नेस) । चलिरहेको बसबाट नगद चोरी गरेको अभियोगमा काठमाडौं जडीबुटी बस्ने काभ्रेको सिचाउने–५ का २४ को गणेश लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

नयाँ बसपार्कबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको बा.२ ख ५९८० नम्बरको बसमा काठमाडौं सामाखुसी बस्ने बैतडीको बिजयपुर–४ का २७ वर्षीय शेरबहादुर महराको पाइन्टको गोजीमा राखेको नगद ५० हजार रुपैयाँ काठमाडौं सिनामंगल ओरालो नजिक ५ जनाको समूहमा आएका पाकेटमारहरुले चोरेको भन्ने जानकारी प्राप्त हुनासाथ सोही बसमा महिला हिंसा बिरुद्धमा खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो ।

पाकेटमारीमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।