कक्षा १२ को विज्ञानको नतिजा भोलि

0
Shares

नेपाल समाचारपत्र,काठमाडौ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

उनका अनुसार शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि बोर्ड वैठक बोलाइएको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन गरिएको थियो । बतासका अनुसार विज्ञान विषयमा मुलुकभरबाट करीव ५० हजार परीक्षार्थी सहभागी थिए ।