सुदूरपश्चिम बाट ठुलो जनशक्ति भारततिर, बुढापाका मात्र गाउँमा

0
Shares

विमल विष्ट,डोटी ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरु बाट बर्षेनी ठुलो संख्यामा युवा जनशक्ति भारत पलायन हुन थालेको छ ।

राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स) नेपालका अनुसार यहाँका पहाडी जिल्ला बाट बर्षेनी १६ देखि ४५ वर्ष उमेर समूहका ५८ प्रतिशत युवाहरू रोजगारीका लागि भारत जाने गरेका छन् ।

सो संस्थाका डोटी प्रमुख प्रकाश चन्द्र मडैका अनुसार सुदूरपश्चिम बाट कामकालागि जानेहरु अधिकांश अदक्ष तथा सीप नभएका रहेका छन् ।

अन्तराष्ट्रिय रेडक्रस र रेड क्रिसियण्ट समाज (आइएफआरी) को साझेदारी आप्रवासी कामदार र मानव बेचबिखन प्रभावितका अधिकार संरक्षण तथा प्रवद्र्धन र सामाजिक सेवामा पहुँच विस्तार परियोजना अन्तर्गत गरिएको अध्ययनमा डोटीका साविकका ८ गाविसका ४७ जना युवाहरू कामका लागि भारत गई उतै हराएको समेत प्रमुख मडैले बताउनु भयो ।

नेपालको कानुनले रोजगारीका लागि भारत जानुलाई वैदेशिक रोजगारीको मान्यता नदिनु, भारतमा काम गर्न जानेको राज्यले आधिकारिक तथ्यांक नराख्नु र कामका लागि भारत जानेको बीमा नहुनु प्रमुख समस्या रहेको प्रमुख मडैले बताउनु भयो ।

सो संस्थाले डोटी जिल्लाका ४ गाविसमा गरेको अध्ययनबाट जिल्लामा थप ६१ जना भारतमा हराएको देखाएको छ ।