एकै पटक दुई तहको निर्वाचन हुनुपर्छ: उपाध्यक्ष रावल

0
Shares

चितवन, १९ साउन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताउनुभएको छ ।

प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । भरतपुर–१९ मा भोलि पुनः मतदान हुँदैछ ।

फरक प्रसंगमा उहाँले निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा प्रतिवेदन बुझाएर एकैपटक दुई तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।

उहाँले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा (एमाले) पहिलो बन्ने दाबी गर्दै उहाँले तराईका अन्य जिल्लाका जनताले यसलाई पुष्टि गरेको बताउनुभयो । रासस