बेपत्ता महिला मृत फेला

0
Shares

नेपाल समाचारपत्र, झापा ।
झापाको गौरादहमा एक महिला नहरमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । गौरादह–१ की अन्दाजी ४५ वर्षीय मंगल हस्द सतार बिहीबार बिहान नजिकैको लाल नहरमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उनी केही दिनदेखि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय दमकका इन्सपेक्टर मिलन बस्नेतले जानकारी दिए ।

उनीले घरमा पनि केही नभनी सधैँ सुंगुरलाई चारो खोज्न जाने र गाउँमा दिएर केही पैसा लिने गरेका कारण चारो खोज्ने क्रममा नहरमा खसेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाई छ । परिवार सम्पर्कमा आइसकेको भन्दै उनले पोस्टमार्टमाका लागि लगिने बताए ।

उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले पोस्टमार्टमाका लागि लैजान स्थानीयले पैसा संकलन गरिरहेको बस्नेतले जानकारी दिए ।