स्प्राइट उपभोक्ता प्रवद्र्धन अभियान सम्पन्न

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
स्प्राइट उपभोक्ता प्रवद्र्धन अभियान सम्पन्न भएको छ। यस अभियानमा सामसङ ग्यालेक्सी जे २ प्रो जित्न सकिने अफर राखिएको थियो भने टोपी, टिसर्टलगायत विभिन्न किसिमका आकर्षक उपहार पनि राखिएको थियो।

यस अफर स्प्राइट, कोकाकोला र फान्टाको ५ सय मिलिलिटर, डेढ लिटर र २ दशमलव २५ लिटरको खरिदमा लागू गरिएको थियो। ४ सय वटा सामसङ ग्यालेक्सी मोबाइल भाग्यशाली विजेताले यो अभियानअन्तर्गत जितेका छन् ।

सामसङ ग्यालेक्सी जे २ प्रो जित्ने विजेताले भने–‘मैले एउटा टेक्स म्यासेज पाएँर सो म्यासेजमा तपाईंले सामसङ जे २ प्रो फोन जित्नु भएको छ भनेर लेखिएको थियो। पहिले त मैले विश्वास नै गर्न सकिन किनकि म भाग्यशाली छैन जस्तो लाग्यो थियो र अहिलेसम्म कुनै पनि लक्की ड्रमा मैले कुनै पनि उपहारहरू जितेको छैन। मैले त्यो कुनै भ्रामक म्यासेज भएको अनुमान गरेँतर अन्तिममा मैले सो दिन मेरो प्यास मेटाउन स्प्राइट किनेर ल्याए बापत र स्प्राइटले मलाई नयाँफोन उपहारमा दियो।’

कोकाकोला कम्पनीको नेपालस्थित देशीय निर्देशक अम्बुज सिंहले भन्नुभयो–‘स्प्राइट प्रोमो अभियान सफलतापूर्वक सम्पन्न भएकोमा हामी निकै खुशी छौं। हामी यो अभियानभर सशक्त रूपमा आबद्ध रहेका थियौं र हाम्रा उपभोक्ताबाट पाएको अपार साथबाट निकै हर्षित भएका छौं। हाम्रा उत्पादनहरूका साथमा उनीहरूको उत्साह र सन्तुष्टिलाई हामी महसुस गर्दछौं, जसले आगामी दिनमा यस्ता प्रकारका अभियान आयोजना गर्न उत्साहित र प्रेरित गरेको छ, जसले हाम्रा उपभोक्ताको सन्तुष्टि र उत्साहलाई लक्षित गर्नेछ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले भन्नुभयो–‘यो गर्मीको मौसममा स्प्राइट उपभोक्ता अभियान हामी सबैको लागि अपार सफलता प्राप्त भएको छ।

हामीले हाम्रा उपभोक्ताबाट ठूलो मात्रामा उत्साहित प्रतिक्रिया प्राप्त गरेका छौं। दैनिक रूपमा एउटा सामसङ जे२ प्रो सेट जित्न सकिने यो अभियानबाट हामी निकै हर्षित छौं जसले बजारमा निकै ठूलो उत्साहको सिर्जना गर्न सफल भएको छ।

हामी सम्पूर्ण उपभोक्ताहरू, सहभागी कम्पनी र हाम्रा महत्वपूर्ण रिटेलरहरू जसले यो अभियानलाई अन्तिम उपभोक्तसम्म पर्ुयाउन सहयोग गरे, सबैलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्दछौं।’