एनसेलको ल्यायो ‘डबल सापटी’ अफर

0
Shares

काठमाडौं, (नेस)
एनसेलको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन्। एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक सञ्चालन गरेको पाँचौ वर्ष पूरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ। जसअन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा ४० रुपियाँसापटी लिएर अप्ठ्यारो परिस्थितिमा दूरसञ्चार सेवा प्रयोग गर्न सक्नेछन्।

सापटीको यो नयाँयोजना साउन १८ गतेदेखि लागू हुनेछ। सापटी सेवाअन्तर्गतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवा शुल्क २ रुपियाँकरबाहेकमा यो सेवाबाट लाभ लिन सक्नेछन्। आफ्नो मेन ब्यालेन्स ५ रुपियाँवा सोभन्दा कम भई अप्ठ्यारो परेको अवस्थामा ग्राहकलाई आवश्यक सञ्चार सेवा सुनिश्चित गर्नका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ।

‘सापटी ग्राहकले एकदमै मन पराएको सेवाहमध्ये एक हो। त्यसैले यो सेवा सञ्चालनको पाँच वर्ष पूरा भएको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि सापटी सुविधाअन्तर्गत डबल सापटी योजना ल्याउन पाउँदा हामी निकै हर्षित छांै। यसले ग्राहकलाई थप मूल्य प्रदान गर्दै ब्यालेन्स रिचार्ज तत्काल गर्न नसकिएको अवस्थामा पनि सम्पर्कमा रहिरहन योगदान पुर्याउने विश्वास छ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन्नुभयो।

डबल सापटी योजना ९० दिनका लागि मान्य रहनेछ। पुनः सापटी सुविधा लिन पहिलेको सापटी चुक्ता भएको हुनुपर्नेछ। ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरी सापटीको बाँकी रकमको जानकारी लिन सक्नेछन्।