लागुऔषध कारोबारमा तीन जना पक्राऊ

0
Shares

भक्तपुर, (नेस) ।
प्रहरी टोलीले लागू औषधको रुपमा प्रयोग हुने अबैध औषधि सहित तीन जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा भक्तपुर नगरपालिका १ बस्ने वर्ष १८ का श्रीकृष्ण प्रजापति, सूर्यविनायक नगरपालिका ७ जगाती बस्ने वर्ष १९ को रबिन टचामो र सूर्यविनायक ६ सिपाडोल बस्ने वर्ष १९ को सोभित कार्की रहेका छन् ।
प्रहरीले भक्तपुर नगरपालिका च्यामासिंहमा लागू औषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि निट्राभेट बिक्री वितरण गर्दै गरेको अबस्थामा पक्राऊ गरि आवश्यक अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले बताउनुभयो ।