भरुवा बन्दुक सहित एक युवक पक्राउ

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका स्थित तेल्लोकमा भरुवा बन्दुक सहित पुन एक युवक पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सिरिजंघा गाउँपालिका ४ का २४ वर्षीय सुगमर सन्ते भन्ने फुङनाम मावो लिम्बु रहेको प्रहरीले बताएको छ ।

 

हतियार बोकि हिडिरहेको भन्ने गोप्य सुचनाका आधार ईलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलिले मंगलबार दिउँसो लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

लिम्बुलाई सोहि स्थानका स्थानिय स्थित डम्बर मावोको घरमा लुकि छिपि बसिरहको अवस्थामा भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

 

बन्दुक पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय तेल्लोकमा ल्याई आवश्यक अनुसन्धान भईरहेको छ । केहि दिन अघि पनि सोहि गाउँपालीकाबाट दुईजनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको थियो ।