भरतपुर १९ मा २० गते निर्वाचन

0
Shares

 

चितवन (रत्ननगर), १७ साउन । भरतपुर महानगरपालिका–१९ मा यही साउन २० गते पुनः मतदान हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेका अनुसार निर्वाचनको भोलिदेखि मौन अवधि सुरु हुनेछ । निर्वाचनका लागि आवश्यक जनशक्ति तयार रहेको उहाँले जानकारी दिनुभयो ।

गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो ।

यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेको हो ।

यसैबीच उक्त वडाको विवादित मतपत्र आजै जलाएर नष्ट गरिएको छ । रासस