खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले घट्यो

0
Shares

काठमाडौं, साउन १७ । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।

अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ । मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ ।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ । नयाँ दरअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा, हवाइ इन्धन ९आन्तरिक० मा ९ रुपैयाँ १६ पैसा नाफा, र हवाइ इन्धन ९बाहृय०मा २० रुपैयाँ २९ पैसा नाफा छ ।

हाल प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७४र७४ रुपैयाँ, हवाइ इन्धन ९बाहृय० को मूल्य ८२, हवाइ इन्धन ९बाहृय० को ७५ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर मूल्य ग्यास १ हजार ३ सय ५० रुपैयाँ छ ।

हाल निगमलाई पेट्रोलमा ५ दशमलव ९१ पैसा नाफा, डिजेलमा १ रुपैयाँ १८ पैसा घाटा, मट्टीतेलमा १७ रुपैयाँ नाफा, हवाइ इन्धन ९आन्तरिक० मा ९ रुपैयाँ १६ पैसा नाफा, हवाइ इन्धन ९बाहृय० मा २० रुपैयाँ २९ पैसा नाफा र ग्यासमा ९६ रुपैयाँ नाफा छ ।