प्राविधिक कार्यालय गोरखाका खड्कालाई घुस लिएको आरोप

0
Shares

सन्तोष अधिकारी, गोरखा । जिल्ला प्राविधिक कार्यालय गोरखाका प्राविधिक कृष्ण खड्काले घुस लिएको आरोप लागेको छ । जिल्लाको अजिरकोट गाउँपालिका २ खरिबोटको खेलमैदान मर्मतका लागि परेको एक लाख रुपैँयाको सम्झौता गर्न उनले आठ हजार घुस खाएको खेल मैदान निर्माण समितीका एक पदाधिकारीले जानकारी दिए ।

 

‘हाम्रो काम सम्पन्न भइसकेको थियो’ खेदमैदान निर्माण समितीका एक पदाधिकारीले नाम उल्लेख नगर्न भन्दै भने ‘उहाँले पहिला १०÷१२ हजार माग्नु भएको हो । हामीले त्यसो नभन्नु सर भनेर साह्रैनै भयो भनेर आठ हजार हुन्छ सर भनेर दिएका हौँ । हामीलाई घुस लिनु र दिनु दुबै अपराध हो भन्ने थाहा हुँदा पनि यस्तो गर्नु प¥यो ।

किनभने हामीले काम लगाइसका छौँ । पैसा तिर्नु पर्नेछ त्यत्ति नगरे पैसा नआउने भएपछि आठ हजार दिएका हौँ ।’ जिल्ला विकास बाट परेका योजनाहरु सम्पन्न भइसकेपछि प्राविधिकले फिल्ड मूल्याङ्कन गर्नुपर्ने प्रावधान छ । ‘प्राविधिक खड्काले पैसा नपाए स्वीकृत गर्दिन भन्नु भयो’ उनले भने । मैदान निर्माण समितीले जिल्ला विकास समितीमा आवश्यक विल भरपाई, खेलमैदानको तस्बिर सबै पेस गरेको थियो । यस अघि पनि प्राविधिक खड्कालाई यस्ता आरोप लागिरहन्थ्यो ।

 

प्राविधिक कृष्ण खड्का भने आफूलाई झुटो आरोप लगाएर फँसाउन खोजिएको बताउँछन् ।

 

‘यो मलाई फँसाउन खोजिएको हो’ खड्काले भने ‘उनीहरुले मलाई खाजा खाम भने मैले खाजा खाएँ उनीहरुले पनि खाजा खाए त्यै रकम जोडेकी नत्र मैले पैसा लिएको छैन् ।’