जेलबाट छुटेर फेरी ‘कल’बाईपास

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
कल बाईपासको अभियोगमा जेल परेर मुक्त भएको १० महिना नपुग्दै एक युवक पुनः कल बाईबासको अभियोगमा पक्राउ परेका छन् ।

तीन वर्ष जेल परेका साविक सिपाली गाविस ८ हाल रोशी गाउँपालिका ६ का ३२ बर्षिय विनोदकुमार मैनाली पक्राउ परेका हुन् । २०७० असोज १४ गते पनौतीबाट पक्राउ परेका मैनालीले दुरसञ्चार ऐन २०५३ को दफा ४७ उपदफा ५ अनुसार ३ वर्ष जरिवना सहित कैद बसेका मैनालीले पुनः जेलबाट छुटे लगत्तै न्यहि कारोवार शुरु गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

बनेपा नगरपालिका ७ मा आफ्नै घरको कोठामा साविक शिखरआम्बोटे गाविस ३ घर भएका २२ बर्षिय विकास लामा, चौरी देउराली गाउँपालिका ४ घर भएका २४ बर्षिय सुजन तामाङ, दोलखा जिल्ला फस्कु गाँउपालिकाका २४ बर्षिय अबि थापा र म्यादी जिल्ला मंगला गाउँपालिका २ बाबियाचौरका २९ बर्षिय केशवराज पौड्याल पक्राउ परेका हुन् ।

विदेशबाट स्वदेशमा आउने कलमा स्थानीय कल बनाएर राजश्व छली गर्ने गिरोह केहि वर्ष देखि सक्रिय भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा केहि वर्ष अघि दुरसञ्चारकै दुई कर्मचारी उक्त अभियोगमा पक्राउ परेका थिए । कल वाईपास गरेको गोप्य सूचना लिएर केन्द्रिय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले घर कोठा खानतलासी गर्दा कल वाईपासमा प्रयोग हुने उपकरण तथा सामानहरु बरामद गरेको छ ।

भारतको हैदरवाद घर भएका रविविलास भिला भन्ने ब्यक्तिको सहयोगमा बनेपामा विगत २ हप्तादेखि कलपाईस गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले पक्राउ परेको ब्यक्तिबाट ६४ पोर्टको भिओआईपी गेट वे दुई थान, नगद १७ हजार, एसर कम्पनीको ल्यापटप एक थान, चार्जर,  मोवाइल सेटहरु ६ थान, टिपी लिंकको राउटर, एनटिसी  राउटर, माईक्रो मोडीयम, युएसवी मोडीयम, केभिन होम युपिएस, स्मार्ट सोलार डिप ब्याट्री, स्मार्ट टेलको सिम कार्ड १ सय २० पिस, एच पिको पेनड्राईभ, एनसिएलको सिम कार्ड दुई थान, मल्टी पल्ग लगायतका सामानहरु बरामद गरिएको थियो ।