पोखरीमा डुबेर एकको मृत्यु

0
Shares

लक्ष्मी कुमार साह,महोत्तरी

जिल्ला महोत्तरीको महोत्तरी गाउँपालिकामा एकको पोखरीमा डुवेर मृत्यु भएको छ । मृत्यु हुने महोत्तरीको जलेश्वर नगरपालिका ११ बस्ने ६५ वर्षीय प्रकाश महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक महतो आफ्नो दिदीको घरमा पुजा भइरहेकोले पुजामा सरिक हुन महोत्तरी पुगेको थियो । महतो आईतबार १ बजेको समयमा महोत्तरी गाउँपालिका ५ स्थित पोखरीमा नुहाउन गएको बेलामा पोखरीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी बलवाले जनाएको छ ।

इप्रका बलवाबाट प्रनानिको कमाण्डमा खटि गएको ५ जनाको टोलीले मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरीले जनाएको छ । पोष्टमार्टमपश्चात सो शव सदगदको लागि निजको भाई लक्ष्मण महतोलाई बुझाएको प्रहरीले बताउदै अन्य थप अनुसन्धान कार्य जारी रहेको जानकारी गराए ।