सिपाही गोलेको रगतले एक बृद्धको ज्यान बच्यो

0
Shares

विमल विष्ट,डोटी ।

डोटीको सिलगढीमा तैनाथ रहेको नेपाली सेनाको रुद्रध्वज गणमा कार्यरत एकजना सैनिक जवानले दान गरेको रगतले डोटीमा एक बृद्धको ज्यान बचेको छ ।

सुदूरपश्चिम पृतना दिपायल स्थित सैनिक जनसम्पर्क शाखाले दिएको जानकारी अनुसार सो गणमा कार्यरत सिपाही राजकुमार गालेले दान गरेको रगतका कारण डोटीको शिखर नगरपालिका ८ बस्ने बर्ष ५८ का हिरासिंह बोहराको ज्यान बचेको हो । शरिरमा रगतको मात्र कमि हुदा उहाँलाई दिपायल स्थित पिपल्लामा रहेको शैलेस्वरी अस्पतालको ईमेरजेन्सि वार्डमा भर्ना गरिएको थियो ।

उहाँको सरीरमा ५.८ एमएल मात्रै रगत भएकाले रगतको अतिनै आबस्यक परेकाले सेना संग रगत मागेर उहाँलाई दिईएको सो अस्पतालका निर्देशक आईजंग कुँवरले बताउनु भयो ।

रगत पाएपछि अहिले उहाँको स्वास्थ्य अबस्था राम्रो हुदै गएको उपचारमा संलग्न डाक्टर जेपी गुप्ताले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘रगत नहुँदा बिरामीको अवस्था निकै खतरा पुर्ण थियो,रगत डोनेट गरेपछि अवस्था खतरा मुक्त छ ।’ बोहरालाई लाई सिपाही गोलेले १ पिन्ट भन्दा बढी (‘ए’ पोजेटिभ) रगत दान गरेका थिए ।

सैनिक जवान गोलेले आफनो रगत दिएर बृद्ध बोहराको ज्यान जोगाए पछि अहिले उहाँका आफन्त सिपाही गोले प्रति निकै खुसि भएका छन् । उनिहरुले रगतदान गर्ने सैनिक तथा उक्त रुद्रध्वज गणलाई धन्यबाद समेत दिएका छन् ।

शैलेस्वरी अस्पतालले बिरामीका लागि रगत माग गरेपछि सिपाही गोले रगत दानगर्नका लागि अस्पतालमै पुगेका थिए ।

डोटी जिल्ला लगायत समग्र सुदूरपश्चिममा कुनै पनि ब्यक्तिलाई रगतको आबस्यक परे उनिहरु नेपाली सेनाको ब्यारेक धाउने गर्छन् ।

सेनाले आफु मातहत रहेका सम्पुर्ण सैनिक कर्मचारीको रगत ग्रुप पहिले नै छुट्टयाएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानियहरु सेनाका ब्यारेकमा रगत माग्न धाउने गरेको शैलेस्वरी अस्पतालका निर्देशक आईजंग कुँवरले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘रगतको अभाबमा बिरामीको ज्याननै खतरामा परिसकेको हुन्छ,नयाँ मान्छे बोलायर रतग ग्रुप पत्ता लगाउदा सम्म ढिलो भईहाल्छ,सेनाले पहिले नै रगत ग्रुप छुट्टयाएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौ ।’

पछिल्लो समय सेनाको रगतले यहाँका पहाडी जिल्लाहरुमा सयौ स्थानियहरुको ज्यान जोगिएको छ । डोटी जिल्लाका स्थानियहरुमा रगत दान गर्नु पर्छ भन्ने बानीको बिकास भई नसकेकाले पनि जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको स्वास्थ्य कमिहरु बताउछन् ।