नेपालको अग्लो पुलबाट हामफालेर एक जोडीले गरे आत्महत्या


नेपाल समाचारपत्र,पर्वत ।
नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको छ ।  पुलबाट हामफालेर आत्महत्या गर्नेमा धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षिय अकिन गुरुङ्ग र ललितपुर उपमहानगरपालिका –१४ ढिलाहिटीकी २५ बर्षिया मुना राना रहेका छन ।

पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने मुलुककै अग्लो मध्ये एक कुस्मा पुलबाट हामफालेर शनिबार राती गुरुङ्ग र रानाको जोडीले  आत्महत्या गरेको हो ।

पुलबाट  शनिबार राती ९ बजेको  समयमा हाम फालेका जोडीको शब आइबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको छ । पुलमा भेटिएको झोलामा मोबाइल,  टे«किङ्गमा प्रयोग हुने खालका सामाग्रीहरु रहेका छन  ।

मोबाइलका आधारमा आफन्त संग सम्पर्क गरि मृतकको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक मधुकरजंग बिष्टले जानकारी दिए । आफन्तहरुलाई खबर गरिएको र उनीहरु आएपछि वास्तबिक रुपमा पहिचान गरिने तथा अन्य कारण पनि खुल्ने उनले बताए ।

दुई जोडीले  आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । उनीहरु घुम्नका लागि आएका थिए ।  शनिबार साँझ लामो पुल पारि ज्ञादीमा बसेर रमाईलो र प्रेममय गफ गरेर चिसो खाएका जोडीले त्यही बाँस मागेका थिए तर यहाँ बास मिल्दैन कुस्मा जानुस भनेपछि त्यहाँबाट हिडेका थिए ।

पछि पुलमा बेवारिसे झोला रहेको खबर आएपछि प्रहरी पुगेको थियो भने आइबार बिहान स्थानियबासीले मोदीखोला किनारमा दुई जनाको शब छ भन्ने जानकारी प्रहरीलाई दिएका थिए । शबको पर्वत जिल्ला अस्पतालमा पोष्टर्माटम गरिएको छ ।