महोत्तरीमा बस पल्टिदा दुइको मृत्यु

0
Shares

लक्ष्मी कुमार साह,महोत्तरी ।
महोत्तरीको रतौलीमा बस पल्टिदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका वडा नं.६ की ७० वर्षीया सीता देवी झा र धनुषा जिल्ला ढल्केवर ५ का २६ वर्षीय मोहन पासवान रहेका छन् ।

मृत्यु हुने झाको शनिवार साझ ४ बजे जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो भने पासमानको उपचारकै क्रममा न्युरो अस्पताल विराटनगरमा आईतवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले जनाएको छ ।

भ्रमरपुराबाट जनकपुर आउने क्रममा शनिवार रतौलीमा ना २ ख १५० नं. को बस पल्टिदा ३१ जना घाईते भएको थियो सोहि घाईते मध्ये दुईजनाको मृत्यु भएको तथा चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।