भागेका समाएर २ करोड

0
Shares

हेटौंडा,(नेस) । अदालतले कैद र जरिवाना तोकेपछि फरार रहेकाहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब २ करोड रुपियाँ संकलन गरेको छ ।अभियुक्तबाट अदालतले तोकेबमोजिम २ करोड ४ लाख ९२ हजार ९ सय २३ रुपियाँ जरिवाना असुल गरिएको हो ।

गत आव २०७३÷०७४ मा ८७ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरी जेल चलान वा अदालतले तोकेबमोजिम जरिवाना तिराइएको हो । पक्राउ परेका अभियुक्तमध्ये लागुऔषध कारोबारी बढी छन् ।

लागुऔषध कारोबारमा पक्राउ परी अदालतले फैसला सुनाएपछि फरार रहेका ५९ अभियुक्त भीमफेदी कारागार पुगेका छन् । गाँजामा १३, कोरेक्समा ८, डाइजेपाममा ४ र चरेस, खैरो हेरोइनसहित पक्राउ परेका १÷१ जना फरार अभियुक्त छन् । केही सार्वजनिक अपराधमा ८, जबर्जस्ती करणीका ७, डाँकाका ७, चोरीका ५, बनका ५, सवारीज्यानका ५, ज्यान मार्ने उद्योगका ३, ठगीका २ छन् ।मानव बेचबिचनका २, लेनदेनका २, करकाप, कर्तव्य ज्यान, केही डाँका, गाली बेइज्जती, जालसाजी, जिउ मास्नेबेच्ने, ज्यानसम्बन्धि, नकबजनी चोरी, बहुविवाह, वैदेशिक रोजगारी ठगी, सवारी अंगभंग र हातहतियार खरखजाना मुद्धामा फरार १÷१ पक्राउ परेको प्रहरी प्रवक्ता डीएसपी वामदेव गौतमले जानकारी दिए ।

प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाले अभियुक्त पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।