देउवा नेतृत्वको सरकारमा १९ मन्त्री थपिए, राष्ट्रपतिसमक्ष शपथग्रहण,कसलाई कुन मन्त्रालय ?

0
Shares

काठमाडौ (नेस) ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आफ्नो र सत्ता साझेदार दलहरुका समेत मन्त्रीहरु थपेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त १९ मन्त्रीहरुको शपथ आजै राष्ट्रपति भवनमा भएको छ। नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री भएका हुन्।

नवनियुक्त मन्त्रीहरु

नेपाल कांग्रेसबाट

भीमसेनदास प्रधान: रक्षा

वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात

यज्ञबहादुर थापा : कानुन

मीन विश्वकर्मा : वाणिज्य

मोहन बस्नेत : सूचना तथा सञ्चार

सञ्जय गौतम : सिँचाई

रामकृष्ण यादव : कृषि

राजन केसी : युवा तथा खेलकुद

अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण

महेन्द्र यादव : खानेपानी तथा सरसफाई

माओवादी केन्द्रबाट

गिरिराजमणि पोखरेल : स्वास्थ्य

महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री

टेकबहादुर बस्नेत : सामान्य प्रशासन

शिवकुमार मण्डल : आपूर्ति

सन्तकुमार थारु चौधरी : पशुपन्छी विकास

आशा खनाल कोइराला : महिला तथा बालबालिका

नेपाल लोकतान्त्रिक फोरमबाट

जितेन्द्रनारायण देव : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
गोपाल दहित : भूमिसुधार

नेकपा स‌ंयुक्तबाट

मिथिला चौधरी : जनसंख्या तथा वातावरण