साझा र विवेकशीलबीच पार्टी एकता घोषणा, मिश्र र थापा सहसंयोजक, रन्जु र किशोर केन्द्रीय सदस्य

0
Shares

काठमाडौ (नेस) ।
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच एकता भएको छ । बुधबार भएको एकतापछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’राखिएको छ ।

उक्त पार्टीको चुनाव चिन्ह तराजु राखिएको छ । बुधवार दिउँसो १ः३० बजे इन्द्रेणी पार्ट प्यालेस, नयाँ बानेश्वरमा पार्टि एकताको घोषणा भएको हो ।एकीकृत पार्टीमा ३४ सदस्यीय केन्द्रीय सिमित गठन गरिएको छ।

केन्द्रीय समितिमा एकताअघिका दुवै पार्टीका १७/१७ जना समेटिएका छन्। केन्द्रीय समितिलाई विस्तार गरेर महाधिवेशन अघि ५१ सदस्यसम्म पुर्‍याउन सकिने एकता घोषणा कार्यक्रममा जानकारी दिइयो।

पार्टी सञ्चालनका लागि ८ सदस्यीय संयोजन समिति गठन गरिएको छ। सामूहिक नेतृत्व प्रणालीलाई अंगिकार गरेर गठित संयोजन समितिमा मिश्र र थापा सह–संयोजक छन्। बैठकहरुको अध्यक्षता मिश्रले गर्नेछन्।

संयोजन समितिमा मिश्र र थापाका अलावा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सुरज आचार्य सदस्य छन्।