काठमाडौ, (नेस) ।
कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ।
७५ हजारभन्दा बढीले भाषा परीक्षा दिन फाराम भरेको भए पनि ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएका थिए।
इपिएस कोरिया शाखाका अनुसार १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन्।
मिति २०७४ जेष्ठ २७ र २८ गते र परीक्षा केन्द्र २६ मा छुटेका परीक्षार्थीहरुको आषाढ २१ गते देखि २९ गते सम्म पुन: लिइएको आठौं कोरियन भाषा (EPS-TOPIK) परीक्षामा सहभागी भएका निम्न लिखित परीक्षार्थीहरु देहाय बमोजिम क्षेत्रका लागि उत्तिर्ण भएको ब्यहोरा HRD Korea बाट प्राप्त भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
भाषा परीक्षा उत्तिर्ण भएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फाराम लगायतका कार्यहरुको बिस्तृत विवरण यस कार्यालयको वेवसाइटमा छिटै प्रकाशित गरिने छ । भाषा परीक्षा उत्तिर्ण ब्यक्तिहरुले रोजगार आवेदन फाराम(Job Application Form) भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने छ।
साथै कुनै “क” बर्गको बैंकमा आफ्नै नाममा खाता खोलेको प्रमाण (चेकको प्रतिलिपी) एवं सम्बन्धित ब्यक्तिको ब्यक्तिगत ईमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नु पर्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएकोछ ।











प्रतिक्रिया