इस्लिङटन कलेजले बेलायत अध्ययन गर्न पुर्ण छात्रवृति दिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
इस्लिङटन कलेजले यस कलेजबाट स्नातक तह पुरा गरेका पुर्व विद्यार्थीहरुलाई बेलायतमै अध्ययन गर्न छात्रवृति दिने भएको छ । सो कलेजले आगामी सेप्टेम्बर शैक्षिक सत्रमा सुचना प्रविधि तथा व्यवस्थापनमा (एएस सिआइटी र एमबिए) मा लागि स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृति दिन लागेको हो ।

बेलायत स्थितलण्डन मेट्रोपोलिटियन विश्वविद्यालयले एक जनालाई खान, बस्न र अध्ययनको लागि पुर्ण र दुई विद्यार्थीलाई नेपालको इस्लिङटन कलेजमा अध्ययन गर्न पुर्ण छात्रवृति उपलब्ध गर्न लागेको कलेजले जनाएको छ ।

बेलायत स्थित लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयमा सुचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पुर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ ।

‘छनौटमा परेका विद्यार्थीलाई पुर्ण अध्ययनका लागि सो विद्यालयले ३३ हजार पाउण्डको छात्रवृति पाउनेछन्’ कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी सुलभ बुढोथोकीले बताउनुभयो । उहाले बेलायाको लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयले नेपालमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तर उत्कृष्ठ रहेकोले छात्रवृति दिएको जानकारी गराउनुभयो ।

कलेजले छात्रवृतिको लागि १९ जुलाईमा निवेदन दिने, २७ देखि ३० जुलाईसम्म अन्तवार्ता र ७ अगस्टमा छात्रवृतिको नतिजा सार्वजनीक गर्ने भएको छ ।

विगत २१ वर्षदेखि सो कलेजले बिआइटी र बिबिए अध्यापन गराउदै आएको छ ।