महोत्तरीमा जंगली हात्तीको आतंकले स्थानीयवासी चिन्तित

0
Shares

लक्ष्मी कुमार साह,महोत्तरी ।
बर्दिवास नगरपालिकाको गौरीवास क्षेत्रमा जंगली हात्तीको आतंक बढेपछि स्थानियहरु चिन्तित भएका छन् ।

गौरीवास क्षेत्रमा जंगली हात्तीहरुले घर भत्काउने र बालीनाली नोक्सान गरेपछि यहाँका स्थानियवासीहरु चिन्तित तथा हैरान भएका छन् ।

पाटुका सामाजिक कार्यकर्ता दिलिप थापाले एक सातादेखि पुनः जंगली हात्तीहरुको आतंक गौरीवासलगायत पर्साहीधाप, रजवास, कालापानी, पाटु र गौरीडाँडासहितमा बढेको बताउदै गत बुधबार पर्साहीधापमा एउटा घर भत्काएर तलतिर झारेको र शुक्रबार पुनः गौरीडाँडाका लालबहादुर घिसिंगको घरमा भित्ता ढालेकोले यहाँका स्थानिय वासिन्दाहरु चिन्तितले रातभरि शान्तसँग सुत्न समेत नसकेको बताए ।

यहाँका वासिन्दाहरु हात्ती गाउँ पस्यो भनेपछि चिन्तित तथा हैरान भएका छन् ।

यस अघि पर्साहीघाप, रजवास, कालापानी र पाटुमा जंगली हात्तीले सयौं फलफुलका नयाँ विरुवा उखेल्दै बालीनाली नोक्सान गरेको थियो ।

दिउँस भरि सघन वन क्षेत्र पस्ने गरेको जंगली हात्ती आतंकले घाँस दाउराका लागि वरपर निस्कन पनि डरमर्दो भएको स्थानियहरुको भनाई छ ।