११औ इक्यान शैक्षिक मेला सम्पन्न :१ लाख ३१ हजारद्धारा अवलोकन

0
Shares

काठमाडौ (नेस) ।
४ दिन देखि राजधानीमा जारी ११औ इक्यान शैक्षिक मेला सम्पन्न भएको छ । मेलामा १ लाख ३१ हजार जनाले अवलोकन गरेका छन् ।

साउन ५ गते विहिवार बाट राजधानीको भृकुटिमण्डपमा सुरु भएको ११औ इक्यान शैक्षिक मेलाको चौथो तथा अन्तीम दिन आइतवार पनि २५ हजार ५ सय जनाले अवलोकन गरेका छन ।

यसअघि शनिबार ५२ हजार शुक्रवार ३३ हजार ५ सय र पहिलो दिन २० हजारले मेला अवलोकन गरेका थिए । मेलाको अन्तीम दिन पनि अरु दिनझै बिभिन्न क्षेत्रका व्यक्तित्वहरुले पनि अवलोकन गर्नु भएको छ ।

४ दिन सम्म चलेको ११औ इक्यान शैक्षिक मेला भव्य रुपमा सम्पन्न भएको यसपटकको मेला करिअर काउन्सिलिङका लागी कोशे ढुङ्गा सावित भएको इक्यानले जनाएको छ ।

व्यबसायीहरुको व्यवसायीक पवद्र्धन र बिधार्थी अविभावकले पाउनुपर्ने सुचना एकिकृत ढंगले प्रदान गर्न सफल भएकाले मेलाको उदेश्य पुरा भएको अध्यक्ष प्रकाश पाण्डेले बताउनु भयो ।

यस्तै यसपटकको सहभागीता आफुहरु उस्ताहित र यसले आगामि दिनमा यसप्रकार थप मेला आयोजना गर्न उर्जा मिलेको मेला आयोजक समितिका संयोजक रमेश वाग्लेले बताउनु भयो ।

इक्यान मेलाको संन्देश समस्त बिधार्थी अविभावक समक्ष पुगेको बताउदै मेलामा सहभागी अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थीतिले समेत सो कुरा प्रमाणित गरेको इक्यान प्रचार बिभागका प्रमुख उमेश ढुङ्गेलले बताउनु भयो ।

मेलामा २ सय ३६ स्टल र १४ पेविलियन गरि जम्मा २ सय ५० स्थान बाट परामर्श व्यवसायीहरुले मेलामा सहभागी बिधार्थी तथा अविभावकहरुलाई परामर्श दिएका थिए ।

यस मेलामा ५० भन्दा बढि गन्तव्यका लागी १३० भन्दा बढि शैक्षिक संस्थाहरु तथा १ सय भन्दा आधिकारिक परामर्श व्यवसायीहरुको सहभागीतमा हजार भन्दा वढि करियर अप्सन रहेको थियो ।