दुई किशोरी एकसाथ बेखबर

0
Shares

हेटौंडा,(नेस)-मकवानपुरको बस्तीपुर र मनहरीका दुई किशोरी बेखबर भएका छन् ।

हेटौंडा–१९ की करिब २० वर्षीया सिर्जना (कुमारी) नेपाल र मनहरीकी सोही उमेरकी अमृता अधिकारी साउन २ गते दिउँसोदेखि बेखबर भएको स्थानीय लक्ष्मी नेपालले बताइन् । उनीहरु नातामा दिदीबाहिनीका छोरी हुन् ।

मकवानपुर क्याम्पसमा स्नातक दोस्रो वर्षकी सिर्जना र एसईई परीक्षाका लागि हेटौंडाको एक ट्युसन सेन्टरमा पढ्न आएकी अमृता एकसाथ बेखबर भएका हुन् ।

हेटौंडा–मनहरी रुटमा म्याजिक चलाउँदै आएका उनीहरुले मामा भनी सम्बोधन गर्ने एक व्यक्तिसँग उनीहरुले भारत कसरी जाने हो भनेर सोधनी गरेका थिए । ती चालकले ‘किन चाहियो’ भनी सोध्दा आफूहरुलाई आश्रमले भ्रमण लैजान लागेकोले सोधेको भन्दै ढाँटेको लक्ष्मीले बताइन् ।

ती चालकका अनुसार दुवैको हातमा कपडाको झोला पनि थियो । उनीहरु बेखबर भएकोबारे सोही दिन प्रहरी र माइती नेपाललाई जानकारी गराइएको लक्ष्मीले बताइन् ।