पश्चिम सल्यानमा फोनसेवा अबरुद्व

0
Shares

सरिता चलाउने,सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा एक महिना देखि एनसेल टावर अवरुद्व हुदाँ सेवाग्राहीहरु मर्कामा परेका छन् ।

बनगाड कुपिन्डे नगरपालिका वडा नं. ४ देउलीमा रहेको एनसेल टावर बिगत एक महिना देखी अवरुद्ध भएको हो ।

टावर अवरुद्व हुदा बनगाड कुपिन्डेको ४ र ५ कुमाखमालिका गाउपालिका १ र २ वडाका बासिन्दाहरु फोन सेवा बाट बन्चित भएका छन ।

फोन अवरुद्ध हुँदा देश बिदेशमा गएका आफ्नतहरुलाई फोन गर्न २ घण्टा हिडेर डाँडामा जानुपर्ने स्थानीय तिलक सोनिले दुखेसो पोखेका छन ।

एक महिना सम्म टावर अवरुद्ध हुदा सम्बन्धि निकायलाई जानकारी गराउदा समेत अहिले सम्म कुनै चासो नदिएको स्थानियले बताएका छन । त्यस क्षेत्रमा पटक पटकफोन सेवा अवरुद्ध हुदै आईरहेका छन ।

नगरको मुख्य केन्द्रमा नै सञ्चार सेवा भरपर्दो नभए पछि दुर्गम क्षेत्रका वासिन्दाले झन सञ्चारको प्रत्याभुति गर्न पाएका छैनन् ।

सामान्यतया ल्याण्डलाईन सेवा र प्राईभेट कम्पनी एन सेल बाहेक नेपाल टेलिकमका स्काई तथा नमस्तेको भरपर्दो नेटवर्क नहुदाँ पनि निक्कै समस्या भएको सल्लिबजार रिस्ता कम्युनिकेशन कर्नरका प्रोपाईटर लालमणि विष्टले वताए ।
“फोन सँगै ल्याण्डलाईन सेवाको इन्टरनेट सेवा समेत भरपर्दो छैन्,” विष्टले भने । उनले केहि इन्टरनेट सम्बन्धी काम गर्नु परे घण्टौ लोडिङ्ग भैरहने र कामै नहुने समस्या रहेको बताए ।

अरु विकल्प केहि नभए पछि चर्को शुल्कको प्राइभेट एनसेलको भर वाहेक अरु विकल्प केहि नभएको नागरिकको गुनासो रहेको छ । यता बन्गाड कुपिण्डेको वडा नम्बर ५ अन्तर्गत राउँचे लाटुगैरेमा निर्माण सम्पन्न भईसकेको नेपाल टेलिकमको टावर १ वर्ष वितिसक्दा समेत सञ्चालनमा नआउँदा सो क्षेत्रका नागरिक भरपर्दो सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

वर्षातमा सिम्ता सुर्खेतको काप्रिचौर, गुमिचुला र बन्गाड कुपिण्डेको तारुपरे लेकमा रहेका नेपाल टेलीकमका टावरले वेसि तीरका वस्तीहरुमा कत्ति पनि काम नगरेको नागरिकहरुले गनुनासो गरेका छन् ।
उक्त टावरले भरपर्दो सञ्चार सुविधा नदिएको सिम्ता गाउँपालीका र बन्गाड कुपिण्डे नगरीकाका स्थानीयको भनाई रहेको छ ।

नगरकोे केही स्थानीय वजार र वडाहरु अहिले पनि पुर्ण रुपमा सञ्चार सेवा विहीन अवस्थामा रहेका छन् । बन्गाड कुपिण्डे नगरको वडा ४, ५, १०, ११ र १२ का केहि वस्तीहरुमा सो समस्या रहेको छ ।

भरपर्दो फोन सेवा नहुदाँ आफन्त संग कुराकानी गर्न बाट स्थानियहरु बञ्चित भएका छन् ।