झण्डै १५ अर्ब बराबरको खाद्यान्न आयात

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।
वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सारबाट र वीरगन्ज भन्सारबाट बाट भारी मात्रामा खाद्यान्न नेपाल भित्रिइएको छ ।

भारत तथा तेस्रो मुलुकबाट गएको आर्थिक वर्षमा वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहको नाका तथा वीरगन्ज भन्सार नाका हुँदै १५ अर्बको खाद्यान्न नेपाल भित्रिएको हो ।

खासगरी वीरगन्ज भन्सार तथा सिर्सिया सुख्खा बन्दरगाह हुँदै आर्थिक वर्ष २०७३र७४ मा धान, चामल, गहुँ मकै लगायत खाद्यान्न आयातका लागि १४ अर्ब ९० करोड ४८ लाख ९७ हजार रुपैयाँ बाहिर गएको ती भन्सार कार्यालयहरुले जनाएका छन् ।

वीरगन्ज भन्सार तथा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनूसार धान चामल, गहुँ, मकै, मुसुरो, भटमास, कोदो, बोडी, केराउ, फापर लगायतका खाद्यान्न भारत तथा अन्य तेश्रो मुलुकबाट आयात भएको छ ।

वीरगन्ज नाकाबाट गत आर्थिक वर्षमा तीन अर्व बराबरको धान, साढे २ अर्व मूल्य बराबरको मकै, २ अर्ब मूल्य बराबरको चामल आयात भएको भन्सार ती भन्सार कार्यालयहरुले जनाएका छन् ।

नेपाल खाद्यान्नमा अझैपनि परनिर्भर भएको कुरा भन्सार तथ्यांकले स्पष्ट पारेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए ।