शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा पूर्ण इजलास स्थगित

0
Shares

काठमाडौं (नेस) ।
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटको आइतबार पनि सुनुवाई हुन सकेन ।

रिटमा सर्वोच्च अदालतमा आइतबारका लागि राखिएको बृहद् पूर्ण इजलास स्थगित भएको छ। बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेका थिए ।

विशेष अदालतमा समेत मुद्दा चलिरहेकाले त्यहाँको फाइल मगाउने निर्णय गरेर आइतबारको सुनुवाइ स्थगित भएको हो ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले आफ्ना श्रीमानलाई गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेकी थिइन् ।