अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

0
Shares

विनोद सिंह विष्ट,बैतडी ।
गएराती परेको पानीले सडक माथिवाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज अपरान्हदेखि पुनः सञ्चालनमा आएको छ ।

बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्र्तगत पर्ने डिलाशैनी ६ बांगाबगरमा पहिरो जादा यातायात अबरुद्ध बनेको सडक स्थानिय बासिन्दा र प्रहरीले पन्छाएपछी सडक पुनः सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो ।

बांगाबगरमा माथिवाट आएको पहिरोका कारण सडक अबरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द भएका थियो ।

सडक सुचारु भएपछी बैतडीबाट बाहिरीने र भित्रीने लामो तथा छोटादुरीका यातायातका साधन गन्तव्यतीर लागेका छन ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए ।
वि स २०६० सालमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

। सोहीबेलादेखि प्रत्येक बर्ष आउने पहिरोले हाल पनि बांगाबगरबासीलाई चिन्तित बनाएको छ ।

पहिरोका कारण स्थानीयबासिन्दा समेत त्रसित समेत बनाएको छ । २०६० सालदेखि प्रत्येक बर्ष पहिरोले घरखेत बगाउन थालेपछि स्थानीयबासी त्रसित बनेका हुन । २०६० सालमा ६ परिवार पहिरोका कारण पूर्ण रुपमा विस्थापित भएका थिए भने पछिल्लो समयमा थप ७ परिवार पनि पहिरोका कारण विस्थापित भएका छन् ।

पहिरोले अहिले १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरिसकेको छ । बर्षातसंगै पहिरो खस्न थालेपछि बांगाबगरबासीलाई चिन्तित बनाएको स्थानीय धनीराम सार्कीले बताउनुभयो ।

पहिरोको छेउमै टहरा हालेर बसेका दलित समुदायका ७ परिवारलाई अहिले निकै चिन्तित बनाएको उहाँले बताउनुभयो । ओत लाग्नका लागि आफूहरुसंग जमीन नभएकाले पहिरोको छेउमै टहरामा बस्न बाध्य भएका उहाँले बताउनुभयो ।

पहिरो दुवै तर्फ गरेर अहिले ३० भन्दा बढी परिवार पहिरोको जोखिममा रहेका स्थानीयबासी तेजबहादुर साउँदले बताउनुभयो ।