भरतपुर प्रकरण:मुद्दाको सुनुवाइ सुरू

0
Shares

काठमाडौं (नेस) ।
भरतपुरमहानगरको १९ नम्बर वडाको मतगणना विवादमा सर्वोच्चमा परेको मुद्धाको सुनुवाई आजका लागि पेशी तोकिएको छ । न्यायाधीश ओमप्रकास मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले सो मुद्धाको सुनुवाई गर्नेछन् । मिश्र र भडारीको आजको इजलासमा २ नम्बरमा राखिएको छ ।

यसअघि पटक पटक सर्दै आएको पेशी साउन ८ गतेका लागि तोकिएको हो । निर्वाचन आयोगको छानबिन समितिले च्यातिएका ९० वटा मतपत्रको रिपोर्ट बुझाएको थियो । आयोगले विवाद समाधान गर्न भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट परेको थियो ।

एमालेको तर्फबाट भरतपुर वडानम्बर १९ का सदस्यका उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।