काठमाडौँमा सवारी साधन चलाउनु हुन्छ ? हट्यो अब निःशुल्क पार्किङको व्यवस्था, कहाँको शुल्क कति ?

0
Shares

काठमाडौँ (नेस) ।
धेरै समयदेखि काठमाडौ महानगरपालिकाका मुख्य स्थानमा निःशुल्क पार्किङको व्यवस्था थियो। तर अब यो सुविधा महानगरपालिकाले हटाउने भएको छ ।

काठमाडौँ महानगरपालिकाको असार ३१ गते बसेको नगरसभाले काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०७४ पारित गरेको छ। संविधानको धारा २३० ले स्थानीय तहलाई ऐन बनाउन सक्ने अधिकार दिएपछि काठमाडौँ महानगरपालिकाले यस्तो ऐन बनाएको हो।

यो ऐन अनुसार साउन १ गतेदेखि स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलनको व्यवस्था छ। ऐनको अनुसूची १० मा पार्किङ शुल्कको व्यवस्था छ।

महानगरपालिकाका तीन वटा क्षेत्र तयार पारिएको छ। क्षेत्र अनुसार दुई पाङ्ग्रे, चार पाङ्ग्रे र छ पाङ्ग्रेको प्रति घण्टा पार्किङ शुल्क फरक—फरक छ। शुल्क प्रति घण्टा दुई पाङ्ग्रेका लागि १५ रुपैयाँ देखि २० रुपैयाँसम्म, चार पाङ्ग्रेका लागि ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म तय गरिएको छ।

हेर्नुस कहाँको पार्किङ शुल्क कति ?