वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउनु पर्छः टुहुरे

0
Shares

काठमाडौ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति जेबी टुहुरेले वैदेशिक रोजगार व्यसायलाई व्यवस्थित बनाउन ऐन संशोधन गर्ने तयारी भइरहेको बताउनुभएको छ । वैदेशिक रोजगार ऐन २०६४ कामदारमैत्री नभएको बताउदै उहाँले सबैको सकारात्मक सुझाव लिएर ऐन परिर्वत मार्फत वैदेशिक रोजगारलाई व्यस्थित बनाइने बताउनुभएको हो । वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्नको लागि भएपनि ऐन संशोधन गरेर अगाडि बढ्नु पर्छ, सभापति टुहुरेले भन्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेता एवं श्रम तथा यातायात विभागका इन्चार्ज लेखराज भट्टले विगतमा फ्रि भिषा फ्रि टिकट लागू गर्ने घोषणा आकर्षक भएपनि प्रभावकारी बन्न नसकेको बताउनुभयो । सस्तो लोकप्रियताको लागि भन्दा पनि वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले फ्रि भिषा फ्रि टिकटको बारेमा स्पष्ट नीति बनाएर अगाडि बढनु पर्छ, उहाँले भन्नुभयो ।
राजधानीमा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायिक गणतान्त्रिक मञ्चले आयोजना गरेको वैदेशिक रोजगार व्यवसायी संघको २४ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता भट्टले वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउनु पर्ने बताउनभुयो ।

वैदशिक रोजगार व्यवायिक गणतान्त्रिक मञ्चका अध्यक्ष भुवन विक्रम घिमिरेले नवनिर्वाचित अध्यक्ष रोहन गुरुङ सहितका पदाधिकारीहरुलाई बधाई दिदै वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन भूमिका खल्न आग्रह गर्नुभयो ।