क्लार्कको नौलो नियम

0
Shares

 

हलिउड नायिका एमिलिया क्लार्क कसैबाट पनि नकारात्मक टिप्पणीको अपेक्षा गर्दिनन्। यसका लागि उनले छुट्टै नियम बनाएकी छिन्। उनी आफ्नो पोस्ट वा तस्वीरमा मानिसहरूले गरेको कुनै नकारात्मक टिप्पणी पढ्न वा हेर्न चाहँदिनन्।
फिमेल फस्ट डट कममा अन्तरवार्ता दिने क्रममा क्लार्कले भनेकी छिन्– ‘म कहिल्यै पनि इन्टरनेट हेर्दिनँ। किनकि म सामाजिक सञ्जालमा छु। यसकारण मानिसहरूले मलाई जथाभाबी ट्याग गर्ने गर्दछन् र यसको कारण म निकै चिन्तित बन्ने गर्दछु। मलाई लाग्छ यो नै नकारात्मक टिप्पणीको सामना गर्नुनपर्ने राम्रो विकल्प हो।’

साथै क्लार्कले कसैले सकारात्मक टिप्पणी गरे कसैले त्यसको बारेमा बताउने र नराम्रो टिप्पणी गरे सायद आफ्नै आमाले जानकारी दिने पनि खुलाइन्। यदि कुनै कलाकार पनि नकारात्मक टिप्पणीबाट वाक्क भएको भए यो नियम अपनाउँदा ठीक हुन्छ कि?