झरनाको ए मेरो हजुर २ ट्रेलरमा

0
Shares

 

नायिका झरना थापाको डेब्यु निर्देशनमा बनेको फिल्म ए मेरो हजुर २ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच सो फिल्मका कलाकार र फिल्मकर्मीको सहभागितमा ट्रेलर सार्वजनिक गरिएको हो।

आगामी भाद्र १६ गते अल नेपाल रिलिज हुने प्रेमकथामा आधारित फिल्म झरना र उनको निर्माता पति सुनिलकुमार थापाको होम प्रोडक्सनमा निर्माण भएको हो। साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले यसका मुख्य भूमिकामा अभिनय गरेका छन्।

हरिहर अधिकारीले लेखेको फिल्ममा वसन्त सापकोटा र कल्याण सिंहको संगीत रहेको छ। ट्रेलर रिलिजपछि निर्देशक झरनाले फिल्म अत्यन्तै राम्रो बनेको दाबी गरिन्।