वृज सिमेन्टद्वारा सम्मान


 

नेपाल समाचारपत्र
काठमाडौं
वृज सिमेन्टले नेपालको राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषावकरलाई सम्मान गरेको छ।

वृज सुपर प्रिमियम ओपीसी सिमेन्टको ब्राण्ड एम्बेसडर भई कम्पनीलाई पुर्याएको योगदान स्वरूप तथा भर्खरै मात्र नायिका निशा अधिकारीसँग वैवाहिक जीवनमा बाँधिएको अवसर पारेर बिहीबार एक कार्यक्रमबीच भेष्वाकरलाई वृज सिमेन्टका अध्यक्ष ताराचन्द केडिया तथा प्रबन्ध निर्देशक मनोज केडियाले बधाई तथा सम्मान गर्नुभएको हो।

नेपाललाई विश्वकपमा पुर्याउन ठूलो योगदान गरेका क्रिकेटर भेषावकरमाथि वृज सिमेन्टले आफ्नो अटल विश्वास रहेको समेत जनाएको छ।

देशको पूर्वाधार एवम् आर्थिक विकासको यात्रामा लम्किँदै गर्दा नेपाली खेलकुदको क्षेत्रमा क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा देशको शिर अझ उचो बनाएको विश्वास वृज सिमेन्टले लिएको बताइएको छ।

सम्मानपछि एक विज्ञप्ति निकाल्दै सिमेन्टले शरद भेषावकर जस्ता युवालगायत समग्र खेल जगतलाई उच्च स्थान दिएर खेलको क्षेत्रमा अझ डटेर लाग्न हौसला र प्रेरणा प्रदान गर्नु वृज सिमेन्टले प्रयास गरिरहेको जानकारी गराएको छ।

शरदको लक्ष्य तथा हौसला नेपालको शान अन्तर्राष्ट्रिय मञ्चमा उचो राख्न प्रतिबद्ध हुन आफ्नो सहयोग एक कोषेढुंगा सावित हुनेमा वृज सिमेन्ट ढुक्क रहेको बताइएको छ।

भविष्यमा पनि वृज सिमेन्ट शरद भेषवाकरसँगको सहकार्यसँगै अगाडि बढ्ने प्रणसहित सुखद् दाम्पत्य जीवनको सफलताको हार्दिक शुभकामना व्यक्त गरेको छ।

भैरहवामा अवस्थित वृज सिमेन्ट इण्डष्ट्रीज केडिया अर्गनाईजेसनअन्तर्गतको एउटा प्रभाग हो। वृज सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट पीपीसी र साधारण पोर्टल्यान्ड सिमेन्ट ओपीसी दुवै किसिमका सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दैै आइरहेको विज्ञप्तिमा बताइएको छ। कम्पनीले वृज सुपर प्रिमियम र शंकर शक्ति सिमेन्ट, वृज पीपीसी, जम्बो पिपिसिलगायत ब्रान्ड उत्पादन गर्दै आएको छ।