सुमन बुढा एनआरएन उपाध्यक्ष उम्मेदवार

0
Shares

 

गायिका कोमल वलीले पोइल जान पाम् शिव पोइल जान पाम् बोलको गीत गाएपछि त्यसको जवाफी गीत पोइल जान पाम भन्नेलाई मैले लान पाम गाएर चर्चामा आएका गायक सुमन बुढामगर गैरआवसिय नेपालीको संगठन एनआरएन एनसीसी अमेरिकाको उपाध्यक्ष पदमा भिड्ने भएका छन्।

६ वर्षदेखि अमेरिकामा बसेर विभिन्न व्यवसायका साथ गीत–संगीतमा काम गर्दै आएका सुमनले एनआरएनको नेतृत्व गर्दै अमेरिकामा रहेका नेपालीको पक्षमा काम गर्न उपाध्यक्षम पदमा भिड्न लागेको अमेरिकाको न्युयोर्कबाट नेपाल समाचारपत्रलाई जानकारी गराए।

‘मेरो उम्मेदवारी एकता, संस्कृति र पहिचान आजको हाम्रो अभियानका लागि हो। नेपालको मौलिक एवं जनजातिको विशिष्ट भेषभूषा, कला संस्कृति र पर्वहरुलाई जीवन्त राख्न तथा दोस्रो पुस्ताका नेपालीलाई जानकार गराउने उद्देश्यसहित वार्षिकरूपमा मेला, प्रदर्शनी तथा प्रवद्र्धन गर्ने मेरो योजना छ’, सुमनले भने– ‘नेपाली पुस्तकालय स्थापना गर्दै दोस्रो पुस्ताका नेपालीलाई नेपाली भाषा, नेपाली कला संस्कृतिको आधारभूत पढाई–लेखाई र ज्ञानका निम्ति निःशुल्क कक्षा सञ्चालनको अभियान शुरू गर्ने, स्थानीय संघ–संस्थासँग सहकार्य गरी एनआरएनलाई नेपालीको साझा संस्थाको रूपमा विकास गर्ने लक्ष्य छ।’ नेपाली–अमेरिकन कलाकार संघको अध्यक्ष रहेका सुमन हिमाली जिल्ला डोल्पाका हुन्।