चालकको निराशा

0
Shares

 

आफूले अवलम्बन गरेको पेसा सबैका लागि गर्वको विषय बन्नुपर्ने हो तर नेपालमा भने त्यो लागू हुन सकेको छैन। आफूले अंगाल्दै आएको पेसालाई केही नपाएपछि गरेको पेशा भन्दै एक युवकले ब्यक्त गरेको निराशालाई धरहराले नजिकबाट नियाल्ने मौका पाएको छ।

महाराजगन्जबाट रत्नपार्क आउँदै गरेको माइक्रो बसका चालकले ब्यक्त गरेको भनाइले उनी आफ्नो पेसाबाट सन्तुष्ट नभएको निष्कर्षमा धरहरा पुगेको छ। माइक्रो चालक रहेछन् लमजुङका। उनले आफ्नो माइक्रोमा चढेका मामासंग लामै भलाकुसारी पनि गरे।

घरतिरको सन्चोविसन्चोका विषयमा पनि कुराकानी गरे मामा ओर्लने बेला भएपछि ती चालकले भने के गर्नु मामा केही काम नपाएपछि चालक भएको छु यो गर्ने पेसा होइन के गर्नु यो शहरमा बाँच्न यो पेसा अपनाएको छु भन्दै उनले ब्यक्त गरेको निराशालाई धरहराले निको मानेन।

पेसा सबै सम्मानित हुन्छ। आफूले गर्ने पेसाजस्तो भए पनि त्यसलाई सहर्ष स्वीकार गर्न सक्नुपर्छ कुनै पनि पेसा नराम्रो हँुदैन कि कसो त पाठकबृन्द ⁄ बाँकी जिम्मा यहाँहरूलाई नै है।