फिलिपिन्सको स्पधार्मा नेपाली युवा

0
Shares

 

१९ देखि २९ जुलाइसम्म आयोजना हुने प्रतियोगीता म्यान अफ द वल्र्डका लागि डा. श्रीराम चन्द फिलिपिन्स पुगेका छन्।

नेपाल लगायत ३५ देशका प्रतियोगीको सहभागिता रहने स्पर्धा १० दिनसम्म चल्नेछ। पीईईपीएस फाउन्डेसन आयोजक रहेको प्रतियोगितामा श्रीरामले नेपाली पहिरण र भेषभुषा प्रस्तुत गर्ने बताए। मिस्टर नेपाल २०१७ का थर्ड रनर्सअप रहेका चन्दलाई प्रतियोगितामा सामेल हुने व्यवस्था अवतार इन्टरनेसनलले मिलाएको हो।

नेपालको युवालाई विभिन्न अवसरको ढोका खेल्ने विश्वासका साथ चन्दलाई प्रतियोगितामा सहभागीका लागि पठाउन लागेको अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज चिल्वालले बताए।