सन्तोष अधिकारी,गोरखा ।
गोरखाको उत्तरी दुर्गम भेगमा विश्वखाद्य कार्यक्रमले कुहिएको दालचामल वितरण गर्न लागेको छ । डेढ महिना अघि कामका लागि खाद्यन्न कार्यक्रम अन्तरगत स्थानीयले सो ठाउँमा विभिन्न निर्माणका काम गरेका थिए ।सोही काम बापत अहिले डब्लुएफपीले चामल र दाल वितरण गर्न लागेको हो ।
जिल्लाको सिर्दीबास र उहिमा सोमबार वितरण गरेको दाल चामल कुहिएको परेको स्थानीयले बताएका छन् ।
सिर्दीबासमा गाउँमा वितरण भएको चामल भन्दा दाल धेरै विग्रेको स्थानीयले बताए ।
‘चामल भन्दा दाल त खतमै छ, पुरै ढुसी आएको छ’ वडाअध्यक्ष रामकुमार गुरुङ्गले भने ‘ दाल त कुहिएर डल्ला डल्ला परेको छ, उत्तिकै किरा परेको छ । यिनीहरुले ल्याउने बेलामा जोगाएर ल्याउन नसकेकोले गाउँलेलाई अहिले कुहिएको दालचामल वितरण गर्नु प¥यो ।
यिनीहरुले खच्चडमा बोकाएर ल्याउँदा सुरक्षित तबरले ल्याएको भए गाउँलेले केहि नभएको खानेकुरा त पाउँथ्यो ।’त्यस्तै उहियामा पनि डब्लु एफपीले भने जति खाद्यन्न पनि दिएको छैन ।
‘दालचामल वितरण सुरु गरेको छ’ खोर्लाका जीतबहादुर गुरुङ्गले भने ‘यहाँका सबै घरलाई ७५ किलो चाम दिएको छ । नौ किलो भने दाल दिएको छ ।’
डब्लु एफपीले प्रत्येक घरलाई एकसय ५० केजी चामल र २७ केजी दाल दिने भने पनि नौ केजी दाल र ७५ केजी मात्र चामल वितरण समेत गरेको हो ।
डब्लुएफपीले भुकम्प पीडितलाई पुनर्लाभ कार्यक्रम अन्तर्गत उहिया र सिर्दिबासमा कामका लागि खाद्यान्न कार्यक्रम गरेको थियो ।
गोरेटो गोरखासँगको स्थानीय साझेदारीमा बाटो निर्माण गरिएको थियो । स्थानीले ४० दिन काम गरेका थिए ।
डब्लु एफपीले डेढ महिना अघि वितरण गर्नुपर्ने खाद्यन्न यतिका ढिलो बाँड्दा पनि कुहिएको ल्याएको भन्दै स्थानीय रुष्ट भएका छन् ।
लामो समयपछि नबाँडेका कारण चामल र दाल कुहिएको हो । कामदारको नामको चामल र दाल कुहिएपछि फेरि काम गरे बराबरको दाल चामल कहिले पाउने चिन्ता स्थानीयलाई रहेको वडा अध्यक्ष गुरुङ्गले गुनासो गरे ।
डब्लु एफपीले चामल दाल वितरण गर्ने भनेर स्थानीयले यस पटकको बर्खाका लागि खाद्यन्न आफ्नै तबरले जोहो समेत गरेका थिएनन् ।
अहिले उत्तरी गोरखा जाने बाटो बूढी गण्डकी बढेर, पहिरोहरु खस्ने गरेर बेला बेला अबरोध समेत हुँदै आइरहेको छ ।
प्रतिक्रिया